काठमाडौं । तीन दिन निरन्तर ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ४।९७ अंकले बढेर २११६.६५ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ।
यसअघि साताको सेयर कारोबारका तीन दिन आइतबार,सोमबार र मंगलबार नेप्से निरन्तर ओरालो लागेको थियो। आज २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रूपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-