काठमाडौं । अहिलेको सरकारमा बस्ने कि अलग हुनेबारे छलफल गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। सो पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा बैठक बसिरहेको हो।
बैठकले सरकारमै रहने वा बाहिरिने निर्णय लिने बताइएको छ। पछिल्लो समय सो पार्टीका सभापति रवि लामिछानेले आफूबाट गुमेको गृह मन्त्रालय पुनः आफैंले पाउनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष दबाब बढाएका थिए। सभापति लामिछानेले आजसम्म आफ्नो पार्टीको अडानबारे निर्णय गर्न प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-