काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो अनुसन्धान गरेर नै व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको जानकारी दिएको छ । सीआईबी शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा शुक्रबार व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई बिनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-