काठमाडौं । आज भएको आईसीसी यू–१९ विश्वकपअन्तर्गतको खेलमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कप्तान उदय सहरान र सचिन दासले विशाल साझेदारी गरेपछि भारतले नेपालसामु विशाल योगफल खडा गरेको हो।
१०१ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय १६ रन बनाएका सचिन गुल्शन झाको बलमा क्याच आउट भए। सचिनले ९३ बलमा १० चौका र २ छक्का मद्दतमा शतक पूरा गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-