काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाएको छ। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो।
लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो।
महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा यही माघ १६ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-