काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई निलम्बन फुकुवा गरेकोप्रति आपत्ति प्रकट गरेका छन् ।
महामन्त्री थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले लामिछानेलाई निलम्बन फुकुवा गरेको भन्दै थापाले आपत्ति जनाएका हुन्।
‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको छ। मेरो धारणा स्पष्ट छ – बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,’ थापाले लेखेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-