काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् ।मन्त्रिपरिषदको पछिल्लो बैठकले उनलाई प्रेस सल्लाहकार नियुक्त गरेको हो । उनी देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ नियुक्त भएका थिए ।
यसपटक औपचारिक रुपमा नियुक्ति नपाए पनि परियारले बालुवाटारमै बसेर प्रेस विज्ञको काम भने शुरुदेखि नै गरिरहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-