काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार नछाड्ने बताएका छन् । उनले शनिबार स्थायी कमिटी बैठकमा सहभागी भएर पार्टी कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा यस्तो बताएका हुन् । उनले रास्वपासँग कुराकानी भइरहेको समेत उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहने वा नरहने अन्तिम निर्णय लिने भन्दै गत बिहीबार केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठक बसेको थियो। सो बैठकले त्यस किसिमको निर्णय नलिई दुई दिन पर्खिने भनेको थियो।
बिहीबारको बैठक सुरु हुनुअघि र सुरु भइसकेपछि सो पार्टीका सभापति रवि लामिछानेसँग प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुरा गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-