काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री तथा डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि आफूले रोइकराई नगर्ने बताएका छन् ।
उनले शनिबार पार्टीको गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको जन वर्गीय सङ्गठनहरूको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘मैले पदका लागि कहिले खोजेन, हिजो प्रधानमन्त्री हुन्छु भनेर हिँडेको होइन । परिस्थितिले बनायो बनियो । जति सक्दो गरियो । अहिले पनि राष्ट्रपति भएछ भने ठिकै छ भएन छ भने त्यतिको निम्ति रोइकराई गर्ने मेरो स्वभाव पनि छैन,’ भट्टराईले भने ।
राष्ट्रपतिमा ३ वटा सम्भावना रहेको पूर्व प्रधानमन्त्री डा। भट्टराई जिकिर गरे ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-