काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको बताएका छन् ।
उनले शनिबार आफ्नो दलको ललितपुर बालकुमारीमा जारी पाँचौं केन्द्रीय कमिटी बैठकमा यस्तो खुलासा गरेका हुन्।
बैठकमा उनले भने, ‘सत्तारुढ गठबन्धनले प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्योभन्दा पहिले नै देखिरहेका छौं, खटपट भइसकेको छ। तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहन्छ, भन्न सक्ने अवस्था छैन।’
नेता नेपालले सात थरी ९सात दलीय गठबन्धन०हरुकै कारण संविधान पालना हुन्छ वा हुँदैन भन्ने विषयमा पनि चिन्ता लाग्न थालेको सुनाए।
प्रतिक्रिया लेख्नुहोस्:-