काठमाडौं । नेपाली कांग्रेस नेता रमेश लेखकले द्वारिकादेवी ठकुरानीले योगदान दिएकै कारण अहिले संसद्मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित भएको बताएका छन् ।
नेता लेखकले शनिबार काठमाडौँमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै राजनीतिक रूपमा हिजो देखिएका समस्याहरूलाई हल गर्दै जानुपर्ने कुरामा आफ्नो पार्टी लागिपरेको बताएका हुन् ।
नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीका रूपमा पनि चित्रण गरे ।
उनले भने, ‘महिला, आदिवासी जनजाति, दलित, पीछडिएका क्षेत्रको, मुस्लिम, मधेशलगायत विभिन्न वर्ग समुदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समूचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ । हिजोको समस्याहरूलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-