उरुपन- मेक्सिको ।
मेक्सिकोमा एक भिडियो गेम स्टेसनमा चार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बालकालिका पनि रहेका छन् । प्रहरीले घटनामा २ जना गम्भिर घाइते भएको जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेपनि बन्दुकधारीहरूले खोजी गरेको मानिस फेला नपरेपछि गेम खेलिरहेका ग्राहकहरू माथि गोली चलाउन सुरु गरेका थिए ।
लागू औषधको केन्द्र रहेको शहर उरुपनमा नै यो घटना हुनाले त्यसै कारण हुनसक्ने अनुमान गरिएको छ । लागू औषधको कारण त्यस शहरमा यस अघि पनि धेरैको ज्यान गइसकेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-