काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज भएको छलफलमा एमसीसीबारे सहमति कायम नहुँदा बैठक बिना निष्कर्ष टुंगिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी यसै संसद्को अधिवेशनबाट अगाडि बढाउनुपर्ने प्रस्ताव गरेपनि प्रचण्डले पहिले संसद् खुल्नुपर्ने, एमसीसी चुनावपछि आवश्यक संशोधनपछि मात्र राष्ट्रिय सहमति निमार्ण गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए।
एमाले अध्यक्ष ओलीले भने सत्ता गठबन्धन आफै अस्पष्ट र अनिर्णीत भएर प्रतिपक्षलाई सहयोग माग्नु उचित नहुने धारणा राखेका थिए।
ओलीले एमालेले कारवाही गरेका १४ जना माधव नेपाल पक्षधर सांसद संसद्मा राखेसम्म बैठक चल्न नसक्ने र सभामुख नसच्चिएसम्म बैठक चल्न नसक्ने अडान राखका थिए। एमसीसीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेरै छिटोभन्दा छिटो संसदबाट पास गर्न आग्रह गरेका पत्र सार्वजनिक भएसँगै राजनीतिक दलहरुबीच थप सरगर्मी पैदा भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-