काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा दलहरुबीच कुनै प्रकारको विवाद नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे ।
त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-