काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सखाप पार्न देशका र बाहिरका प्रतिक्रियावादी घेरा हालेर बसिरहेको बताएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेकपाका जुम्ला जिल्ला इन्चार्ज रहेका चन्द्रवीर तिरुवालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीलाई यो मौकामा कसरी सिध्याउने भनेर प्रतिक्रियावादीहरू सलबलाए पनि उनीहरुको उदेश्य कदापि पुरा नहुने दावी गरे ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-