काठमाडौं । विभिन्न ८ राजनीतिक दलले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका छन् । यसरी संयुक्त आन्दोलन गर्ने दलहरुमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायतका छन् ।
प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गर, एमसिसी मुर्दावाद जस्ता नारा लगाइएको थियो।
पछिल्लो समय एमसिसीकै विषयलाई लिएर राजनीतिक दलहरू र सत्ता गठबन्धनबीच पनि असहज परिस्थिति बन्दै गएको छ। संसद्मा एमसिसी टेबल गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत नहुँदा आजका लागि बोलाइएको संसद् बैठकसमेत आगामी फागुन २ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रदर्शनमा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेतृत्वमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ
प्रतिक्रिया लेख्नुहोस्:-