काठमाडौं । कोरोना संक्रमण तीब्र भएपछि सर्वसाधारणको लागि बन्द रहेको पशुपतिनाथको मन्दिर भोलि (शुक्रबार) बाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै भोलिबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने जनाएको हो।
कोषले जिल्ला प्रशासन कार्यालय काठमाडौंको कोभिड प्रोटोकल सम्बन्धी जारी आदेश अनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-