काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब चाँडै मन्त्रिपरिषद पुनर्गठन हुने खुलासा गरेका छन् ।
उनले शनिबार सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रिमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौं जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ’, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-