काठमाडौं । आज बसेको संसदको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रमा गरिएका सम्पूर्ण सम्झौतालाई खारेज गर्न निर्देशन दिएको छ ।
समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएका सम्झौता लगायत सबै कार्यहरू आजैका मितिबाट लागु हुने गरी खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।
समितिले यो संलग्नमाथि अनुसन्धान गर्न पनि निर्देशन दिएको छ । यस्तो कार्य अर्को स्थानमा नहोस् भनेर सरकारलाई यस्तो निर्देशन दिने निर्णय गरेको पोखरेलले बताए ।
यसअघि कोष र द प्रमिस्ड भन्ने निजी कम्पनीबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माण गर्ने लगायत समझदारी भएको सार्वजनिक भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-