काठमाडौं । आइतबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आज नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा कायम भएको छ।
आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेचबाँट ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज एनआईसी एसिया ग्रोथ फण्ड–२ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सेन्सेटिभ इण्डेक्स १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-