काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटले निर्धारण गरेको लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
उनले मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा यस्तो निर्देशन दिएका हुन् ।
उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे ।
“राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ”, अर्थमन्त्री महतले भने, “राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।” उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उ
प्रतिक्रिया लेख्नुहोस्:-