काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजना र किसानलाई आवश्यक मलको लागि बजेट अभाव हुन नदिने प्रष्ट पारेका छन् । मन्त्री पौडेलले आइतबार बजेटको अर्धवार्षिक समीक्षामार्फत कुल खर्च कटौती गरेपछि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
त्यस्तै स्रोतमा परेको चापका कारण कार्यविधि नै नबनेका तथा अनावश्यक आयोजनालाई अहिले थाती राखिएको उनले बताए । राष्ट्रिय गौरवका आयोजनामा भने बजेटको कमी हुन नदिइने उनको भनाइ छ । गत आर्थिक वर्षको सुरुको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा संकलित राजस्व नै १५ प्रतिशत घटेका कारण पनि खर्च कटौती अहिलेको आवश्यकता रहेको औंल्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-