काठमाडौं । हिजो घटेको शेयर बजार सोमबार भने १५ अंकले बढेको छ ।
आज एक करोड एक लाख आठ हजार १२२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएको छ ।
१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । अन्य उपसमूहको समूहगत सूचक मात्रै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बोटलर्स नेपाल लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-