काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रका सबै सूचकहरुमा सुधार देखिँदै आएको बताएका छन् । मन्त्री महतले सोमबार अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’
यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको उनको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्:-