काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन १० गतेभित्र अहिलेको सत्ता गठबन्धन भत्किने दावी गरेका छन्।
महामन्त्री थापाले सोमबार नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन्।
महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे।
प्रतिक्रिया लेख्नुहोस्:-