काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अर्थतन्त्रमा देखिएको संकटप्रति सचेत रहेको बताएका छ। प्रचण्डले सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरेबमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे। ‘
‘समग्रमा अर्थतन्त्रको संकट टरेको छैन।’ उनले भने ‘अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।’त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रियाअघि बढेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-