काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जान–नजाने निश्चित छैन । एमसीसी परियोजना संसदमा पेस गर्ने वा नगर्ने भन्नेबारेमा सत्तामै रहेका दलहरुबीच नै एकमत नभएकाले यस सम्बन्धी विषय पनि झन् पेचिलो बन्दै गएको छ । यसबारेमा गहन छलफल हुने र अब कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-