काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले उच्च ब्याजदरको समस्या समाधान गर्ने बताएका छन् ।
उनले मंगलबारदेखि स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै यस्तो आश्वासन दिएका हुन्।
उनले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा परेको पुँजी अभाव लगायत समस्यालाई पनि सरकारले समाधान गर्ने आश्वासन दिए। ‘लघु, घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिस्टार समेतमा कागजात तथा राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाले व्यवसायमैत्री वातावरण नबनेकोप्रति सरकारको ध्यानाकर्षण भएको छ, त्यसबारे उचित समाधान खोजिनेछ,’ उनले भने।
प्रतिक्रिया लेख्नुहोस्:-