काठमाडौं । प्रधानन्यायाधीश विरुद्ध महाअभियोग, एमसीसी लगायतका विषयमा छलफल गर्न केहीबेर अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । तीन शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता जारी छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अहिले तीन नेता बालुवाटारमा छलफलमा भइरहेको जानकारी दिए ।
जारी छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।
संघीय संसद् बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल भइरहेको बताइएको छ भने भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-