काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भएको छ । उनीहरुबीच विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
भेटका क्रममा उनीहरुबीच राष्ट्रपतिमा संसदका सबै दलहरुबीच साझा व्यक्ति अघि सारेर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।राष्ट्रपतिमा आफूहरुले जोसुकै उठाए पनि सहमति गर्नुपर्ने एमालेको अडान भए पनि माओवादीले सर्वसम्मत रुपमा हुनुपर्नेमा जोड दिँदै आएको छ ।
तर, पछिल्लो राजनीतिक परिस्थितिले कम्तीमा मुख्य दलहरुलाई मान्य हुने पात्र अघि सार्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव छ। एमालेले आफूले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति कायम गराउनुपर्ने बताउँदै आएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-