काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुलाई स्ववियु निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।
उनले शुक्रबार अनेरास्ववियुको नवनिर्वाचित केन्द्रीय कमिटीलाई च्यासलस्थित पार्टी क कार्यालयमा शपथग्रहण गराउने क्रममा तत्काल स्ववियु निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन्।
स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ। सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियुले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो।
प्रतिक्रिया लेख्नुहोस्:-