काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नेपालको राजनीति नयाँ कोर्षमा जाने दाबी गरेका छन् । उनले शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा कानुनविद्हरुसँगको छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले अबको हप्ता १० दिनभित्रै नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए ।
‘संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता–१० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-