काठमाडौं । सत्ता गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुल एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीलाई जसरी भए पनि संसदमा टेबल गर्ने अडानमा कायमै छन् ।
उनले आफूलाई वर्तमान सत्ता गठबन्धनभन्दा एमसीसी महत्वपूर्ण रहेको भन्दै उनले हिजो बेलुकी पत्नी आरजुसहित नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोट पुगेर एमसीसी पास गर्न सहयोग मागेका थिए । आफ्नै पार्टी सत्तामा पनि बस्ने र सरकारको बिरोध गर्ने काम उचित नभएको सर्वसाधारणको धारणा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-