काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राज्य व्यवस्थाले जनतालाई सुख र समृद्धि दिन नसकेको बताएका छन्।
उनले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै राजनीतिक दलका नेताहरु देश र जनताको हित भन्दा पनि दलगत, पारिवारिक र व्यक्तिगत रुपमा लोभ र लालचको जञ्जालमा फसेको बताएका हुन्।
‘राज्यसत्ताको बागडोर ज–जसका हातमा दोहोरिँदै तेहरिँदै आए पनि वा फेरिँदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न,’ पूर्वराजा शाहले भनेका छन्, ‘देश र जनताभन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन्। तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाया नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-