काठमाडौं । भोलि (आइतबार) बस्ने संसदमा एमसीसी सम्झौता संसदमा टेबल हुने पक्का भएको छ । सत्ता गठबन्धनका नेताबीच भएको छलफलमा एमसीसी टेबल गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएसँगै आइतबार संसदमा पेस हुने भएको हो ।
अमेरिकाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एमसीसी जसरी पनि पास गर्न निरन्तर दबाब दिएपछिर प्रधानमन्त्री शेरबहादुर देउवाको लामो प्रयासपछि सो निकास निस्किएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिलेको गठबन्धन जसरी पनि जोगाउनका लागि एमसिसी संसदमा टेबल गर्न सहमत भएका हुन्।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले पाँच महिनाअघि एमसिसीलाई संयुक्त पत्र लेखेर २८ फेब्रुअरीभित्र निर्णय दिने प्रतिबद्धता जनाएका थिए । अमेरिकाले चार वर्षअघि भएको एमसिसी सम्झौता १६ फागुन (२८ फेब्रुअरी)भित्र संसदबाट अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै अनुमोदन गर्न दबाब बढाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-