काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्यागको घोषणा गरेका छन् ।
आइतबार झापामा पत्रकारहरुसँग प्रसाईंले काठमाडौं गएर राजीनामा बुझाउने बताएका छन् । प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो । प्रसाईंले १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।
शुक्रबार बसेको प्रदेश कमिटीले प्रसाइलाई निष्कासनको सिफारिस गरेको थाहा पाइपछि प्रसाईंले एमालेबाट राजीनामा दिने घोषणा गरेको बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-