काठमाडौं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता विष्णकुमार केसीका अनुसार प्रदर्शनका क्रममा अराजक गतिविधि गर्नेलाई पक्राउ गरिएको हो।
आन्दोलनमा परेर १३ सुरक्षाकर्मी पनि घाइते भएको जानकारी उनले दिए। घाइतेको अवस्था सामान्य छ। प्रहरीसँगको झडपका क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्। घाइते हुनेमा अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह पनि छन्।
आज संसद्मा एमसीसी प्रस्तुत हुने भएपछि बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको थियो। दिउँसो प्रदर्शनकारीहरु संसद् भवनतिर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो। भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहरा र रबरको गोलीसमेत प्रयोग गरेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-