काठमाडौं । आज बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले ले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।
‘पछिल्लो राजनीतिक परिस्थितीको विश्लेषण भयो। राष्ट्रियता स्वाधिनता, संविधान, संघीयता र गणतन्त्रको रक्षाका लागि सहमति खोज्न कोशिस गर्ने निर्णय भयो’ उपाध्यक्ष तथा प्रवक्ता महराले भने, ‘नामबारे कुनै छलफल भएन। सहमतिको प्रयासका लागि टुंगो लगाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डलाई दिइयो।’
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।
नेकपा एमाले र नेपाली कांग्रेसले आ–आफ्नै दलको राष्ट्रपति हुनुपर्ने अडान लिइरहँदा प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमति हुनुपर्ने धारणा राख्दै आएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-