काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन गरेकी छ। उनले मंगलबार आयोजित कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन्।
अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ। मकवानपुरको हेटौंडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ।
नयाँ र पुराना गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल २०० शय्या पुगेको छ। उक्त नवनिर्मित भवनबाट अब इमर्जेन्सी, प्रसूति, आइसियू सेवाका साथै भेन्टिलेटर, डायलासिस, एक्स–रे, अत्याधुनिक प्रयोगशाला र फार्मेसी रहनेछन्।
सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ३८७ जना कार्यरत छन्।
प्रतिक्रिया लेख्नुहोस्:-