काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच बुधबार दिउँसो कोटेश्वरस्थित नेता नेपालको निवासमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटमा नेता नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा राजदूतले आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए।
उनीहरूबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-