काठमाडौं । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे फेरि कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी हुन् ।
अमेरिकाको नेपालस्थित दूताबासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो, मलाई आश्चर्य लागेको छ ।’
प्रवक्ताले भनिन्, ‘यस्तो उपहार जो कोहीले कसरी स्वीकार गर्न सक्छ ? यो उपहार हो वा पान्डोराज बक्स ?’ यो एमसीसी भन्ने प्रोजेक्ट नेपालीले भने जस्तै हेर्दा राम्रो, तर चपाउन गाह्रो मासुमा बदलिन सक्ने डर रहेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने र सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने प्रवक्ता चुनयिङले बताइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-