काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको बैठक जारी छ ।
बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेतको सहभागिता रहेको छ भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
यस्तै एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् । अहिलेसम्मका छलफल सकारात्मक भएकाले ठोस सहमतिमा पुग्नका लागि बैठक बसेको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-