काठमाडौं । एक गायिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए नेपालको कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै पलले यदि आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन् । बुधबार एक गायिकालाई बलात्कार गरेको आरोपमा पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उनका बुबाले जाहेरी दिएका थिए । जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन् ।
पलले आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेका छन् । आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरू भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईंको नाम उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-