काठमाडौं । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । तीन नेताबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएको बुझिएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी संसद्मा टेबल गर्न दिए पनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-