काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी र सदनको अबरोध हटाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् ।
संसद् भवनमा एमालेसँगको छलफलपछि बाहिर निस्कने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भेटमा आ–आफ्ना कुरा राखिएको बताएका हुन् । दाहालले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ–आफ्ना कुरा राखियो ।’
एमाले र माओवादीबीच छलफल हुनुअघि संसद् भवनमै कांग्रेस र एमालेबीच छलफल भएको थियो । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय नेपाली राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-