काठमाडौं । राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री प्रचण्डसँग दुई घण्टा लामो छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी ओली बाहिररिएका छन्।
राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न आज बिहान मात्रै बालुवाटारमा तत्कालीन गठबन्धनका चार दलबीच छलफल भएको थियो। उक्त बैठक ५ बजे बस्ने गरी सकिएको थियो।
उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताउँदै राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरेका थिए। एमालेले नयाँ सत्ता समीकरण बन्ने समयमा नै राष्ट्रपति आफ्नो दलले पाउने सहमति भएकाले अहिले प्रधानमन्त्री प्रचण्डले यसमा दाँयाबाँया गर्न नहुने र आफ्नो पार्टीले उठाएको उम्मेदवारलाई नै सत्ता गठबन्धनको साझा उम्मेदवार मान्नुपर्ने अडान राख्दै आएको छ भने प्रचण्डले राष्ट्रपतिमा सबै दलबीच सहमति हुन आवश्यक रहेको बताउँदै आएका छन् ।
आज हुने भनिएको निर्णायक वार्तामा समेत प्रस्ट रुपमा निर्णय नभएपछि अब फेरि नेपाली कांग्रेससहिको पुरानै गठबन्धन ब्युतिने कतिपयको आँकलन छ ।
प्रतिक्रिया लेख्नुहोस्:-