काठमाडौं । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसबाट साझा उम्मेदवारकोरुपमा विजयी गराउने निर्णय गरेका छन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।
आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-