काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नयाँ सत्ता समीकरणको ढोका खुलेको बताएका छन् । उनले शनिबार राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी मनोनयनपछि संविधानसभा भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
प्रवक्ता महतले भने, ‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ’, ‘अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।’
आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार मनोनयन गरिएको र अन्य दलको पनि समर्थन आउने सम्भावना रहेको भन्दै उनले पौडेल राष्ट्रपति भएपछि संविधान र कानुनी शासनको संवर्द्धन हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-