काठमाडौं । ओली निवास बालकोटमा नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेस र दुवैले पहिला आफ्ना माग पुरा गर्नुपर्ने अडान राखेपछि वार्तामा सहमाति हुन नसकेको हो ।
एमालेका नेताहरुले आफ्नो सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही नगरी प्रतिनिधिसभा बैठकमा भाग नलिने अडान राख्दै आफूहरु संसदीय क्रियाकलापमा सहभागी नहुने प्रस्त पारेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा सुचारु गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताएका छन्
‘हामीले प्रतिनिधिसभालाई सुचारु गरौं। एमसीसीलाई सहमतिका साथ अघि लगेर मुलुक महत्वपूर्ण विषयमा एकै स्थानमा उभिएर विश्वलाई सन्देश दिऔं भनेर भन्यौं,’ कार्कीले भने, ‘उहाँहरुले पुरानै कुरा दोहोर्याउनु भयो ।’
प्रतिक्रिया लेख्नुहोस्:-