काठमाडौं । यही फागुन १६ गते एमसीसीलाई संसदबाट पास गराउनैपर्ने दवाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज पनि निबै ब्यस्त रहे । एमालेलाई कन्भिन्स गराउन उनले आफ्ना केही मन्त्री र नेतालाई ओली निवास बालकोट पठाए पनि वार्तामा सहमति हुन नसकेपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच सघन रुपमा छलफल जारी रहेको छ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन्।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुनः एक पटक छलफलमा जुटेका छन्।
कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-